२०८२ कार्तिक ६ बिहीबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभाले आठ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार तीन सय छ रुपैयाँको आठ प्रतिशतका दरले हुने ७३ करोड १४ लाख ५८ हजार नौ सय ८४ रुपैयाँ ४८ पैसा नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिसबमोजिम २०८१/८२ को लागि बाहृय लेखापरीक्षकमा लेखापरीक्षक एससि लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरेको छ ।

त्यसैगरी कम्पनीको प्रस्तावित विषयउपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनका लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चसमेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष सुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसी, सञ्चालक सौरभ दुगड र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सेयरधनीहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर