
काठमाडौं । प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्ट प्रस्तुत भएको छ ।
सिमेन्टको उत्पादन माग बमोजिम नै भइ रहेता पनि मुल्य र गुणस्तरमा असमानान्तर भिन्नताका कारण ग्राहकले गुणस्तरीय सिमेन्टप्रति लगाव देखाई रहेको अहिलेको नेपाली सिमेन्ट बजारमा उच्चस्तरिय कच्चा पदार्थ संगै पछिल्लो जमानाको सर्वाेत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले बलियो प्रस्तुति जनाउँदै बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको जनाएको छ ।
सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिज ओपिसि, पिपिसि, पिएस्सि र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन गर्दछ जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ ।
यसले दैनिक ७०००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्ने कम्पनीले जनाएको छ ।