आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेशिनले ग्राहकहरुलाई एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने छन् ।
साथै यसमार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यसमार्पmत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।
यस बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।
एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्षे बैंकिङ्ग अनुभवको साथ बैंक ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।