२०७९ चैत्र १२ आईतवार

काठमाडौं – सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।

मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन सफल नभएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ। सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन्। सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ। सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ। तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन्। कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय