काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । “नयाँ वर्षको सुरुवात, TCL खुशीको सौगात” नारासहित ल्याइएको यस अफरले अत्याधुनिक प्रविधियुक्त टेलिभिजन तथा होम अप्लायन्स खरिद गर्दा थप लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले TCL का विभिन्न उत्पादन खरिद गर्दा रु. २,००,०८३ सम्म क्यासब्याक पाउने अवसर प्राप्त गर्नेछन् । साथै, प्रत्येक खरिदमा “Sure Shot” उपहार सुनिश्चित गरिएको छ, जसले तत्काल लाभ दिलाउनेछ । यस अफरमा नेपालकै ठूलो QD-Mini LED TV सहित रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर (Split र Cassette), VRF सिस्टम तथा साउन्ड सिस्टम जस्ता आधुनिक उपकरणहरू समावेश छन् ।
विशेष रूपमा, वाशिङ मेसिन खरिदमा ६ केजी Ariel डिटर्जेन्ट उपहार, एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन, र अन्य विभिन्न आकर्षक सुविधा उपलब्ध छन् । साथै ग्राहकहरूले CG Elex मार्फत ०% EMI सुविधासमेत उपभोग गर्न सक्नेछन्, जहाँ “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई सहज बनाएको छ ।
TCL ले विश्वभर आफ्नो गुणस्तर प्रमाणित गर्दै Global Top 1 ब्रान्डको रूपमा पहिचान बनाइसकेको छ र Worldwide Olympic Partner का रूपमा अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि मजबुत बनाएको छ ।















