
काठमाडौं – चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ३२ अर्ब माथिको निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढी ७२ खर्ब ९६ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ।
चालु आवको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड रूपैयाँ (०.५ प्रतिशत) ले बढी ७२९६ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) रूपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।
२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशस् ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशस् ५.२ प्रतिशत, ३१.० प्रतिशत र ५६.७ प्रतिशत रहेको थियो । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।