२०८२ कार्तिक ८ शनिबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिकोत्सवका अवसरमा समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय जोरपाटीमा एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक सञ्जेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

गैरनाफामूलक गैरसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्लामा कुल ८४ विद्यालय सञ्चालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाले न्यूनतम मासिक शुल्कमैै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर