२०८२ कार्तिक ९ आईतवार

काठमाडौं । एलआईसी नेपाल कम्पनीले सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँचवर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवनलाभ नामक बीमा योजना बजारमा प्रचलनमा ल्याएको छ।

जीवन लाभ बीमा योजना एलआइसी नेपालको कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच कम्पनीका वर्तमान प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दास, नायब कार्यकारी निर्देशक टी वर्णवाल, सुचना प्रविधि प्रमूख सञ्जीव अग्रवाल, कम्पनी सचिव सुदर्शन गिरी, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय, अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य कर्मचारीहरुले संयुक्त रुपमा गरेका छन् ।

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दासले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र बीमितले सीमित अवधिको बीमाशुल्क बुझाई लामो अवधि सम्म बीमा लाभ प्राप्त गर्न सक्ने र बीमा शुल्क पनि तुलनात्मक रुपमा अन्य बीमा योजना भन्दा कम रहेको बताएका छन् ।

कम्पनीको यस योजानामा सरिक हुनको लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ६० वर्ष को हुनुपर्दछ । त्यसैगरी न्यूनतम बीमांक रू ५०,००० देखि अधिकतम बीमाकं जति पनि हुन सक्दछ ।

कथमकदाचित बीमितको मृत्यु भएमा बीमांक रकमको साथै मृत्यु भएको दिनसम्मको आर्जित बोनश प्रदान गरिने छ । त्यसै गरी बीमांकको २५ प्रतिशत वा १,००,००० मध्ये जुन कम हुन्छ सो रकम मृत्यु संस्कार खर्चवापत पनि भुक्तानी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर