काठमाडौं । मेट लाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेट लाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (एमएआरएस) प्लेटफर्म शुरु गरेको छ ।
बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेट लाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका हुन् ।
यो प्लेटफर्म नेपाली बीमा क्षेत्रमा पहिलो पटक ल्याएको डिजिटल रेक्रुटमेन्ट सोलुसन हो । जसमा बीमा अभिकर्ता बन्न अनलाइनबाटै सम्पुर्ण प्रकृया पुरा गर्न सकिने कम्पनीको भनाईछ ।
एमएआरएसमा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुकालागि पनि अनलाइन नै आवेदन दिन सक्छन् ।
यसका अतिरिक्त उम्मेद्वारहरुले एमएआरएसमा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पु-याउन मद्दत गर्नेछ ।















