काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाडौंस्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए ।
सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः पाँच सय करोड र तीन सय करोड हुनेगरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोडबराबरको सेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेगरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी पाँच सय करोड गर्ने निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णयअनुसार पुँजी वृद्धि योजना पेस गरेको थियो ।
सोही योजनाबमोजिम बीमा समितिबाट पुँजी वृद्धि गर्ने सहमति लिएर विशेष साधारणसभा आह्वान गरेको थियो । पुँजी वृद्धि योजनाबमोजिम मर्जर र एक्विजेसनपछि चुक्ता पुँजी पाँच करोड पु-याउने उद्देश्यले विशेष साधारणसभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८ औँ बैंठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन समेत गरेको छ ।