२०८१ चैत्र १३ बुधबार

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरमा पुनः महानायक राजेश हमालले निरन्तरता पाएका छन् ।

स्थापना कालदेखि नै कम्पनीको ब्राण्ड एम्बेसडर रहेका हमाल र ज्योति लाईफबीच सम्झौता नविकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालको हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाईफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाईफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएका छन् ।

यही बैशाख २२ गते सम्झौता पत्रमा हस्ताक्षर भई निरन्तर भएको तथ्य समेत खुलाएका छन् । त्यस्तै महानायक हमालले पनि ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय