२०८१ मंसिर २३ आईतवार

काठमाडौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ ।

बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी,बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री र आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल आवार्डबाट सूर्या लाइफ सम्मानित भएको हो ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी इन्डियन इन्स्टुच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै प्रतिस्ठित संस्थाहरूबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचांकहरूमा उत्कृष्ट कार्य सम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

बिमस्टेक मुलुकहरूबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरू लिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय