२०८२ कार्तिक ९ आईतवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बिमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम प्रदान गरिएको छ ।

एल आइ सि नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरिको संयोजकत्वमा बुटवलमा सञ्चालित तालिममा बुटवल भैरहवा लगायतका साखा सहितका सेवा केन्द्रमा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा एल आइ सि नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एल पि दासले कार्यक्रमको उदघाटन गरी उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्तालाई सम्मान गरेका थिए ।

तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो ३० बर्षको अनुभव आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका बीमा बिज्ञ तथा कम्पनीका कार्यकारी प्रमुख दासले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए ।

बुटवल साखाका साखा प्रवन्धक ज्योति कुमार पौडेलले संस्थाको गतिविधी र ब्याबसायको विषयमा र भैरहवा साखाका साखा प्रबन्धक सुदिप श्रेष्ठले संस्थाबाट प्रदान गरिएको पोलिसी सम्वन्धी सेवाहरुको बारेमा प्रशिक्षण गराएका थिए।

नेपाली बीमा क्षेत्रका अनुभवी तथा कार्यक्रमका प्रशिक्षक फडिन्द्र पुरिको प्रशिक्षणसँगै बीमा अभिकर्ताहरुले थप उत्साह मिलेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर