
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान शुरु गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ ।
यो योजना दुई वर्ष वा सो भन्दाकम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकवर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ ।
उक्त पुनर्जागरण अभियान बैशाख ७ गतेदेखि २६ गतेसम्म आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्कबिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
बैशाख २६, २०७९ सालसम्म मात्र यो अभियान संचालन हुने हुँदा समयमा नै आफ्नो व्यतित भइसकेको बीमालेख नवीकरण गरी आफूलाई र आफ्ना परिवारलाई सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।