२०८२ कार्तिक ८ शनिबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

कम्पनीले उनको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी वापतको रकम ५ लाख ९३ हजार ३ सय २० रुपैयाँ दिएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले नारायणगढ शाखामा एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर