२०८१ माघ २५ शुक्रबार

सूचना प्रविधि व्यवसाय सञ्चालनको लागि सहजकर्ता र बजार प्रवद्र्धकका रुपमा काम गरिरहेको छ । सूचना प्रविधिविना कुनै पनि व्यवसायको सञ्चालन, बजारीकरण आजको २१ औं शताब्दीमा परिकल्पना समेत गर्न सकिँदैन । विश्वव्यापीकरण र आर्थिक उदारीकरणको कारण संसार एउटै गाउँजस्तो भएको छ । सूचना प्रविधिमा भएको द्रुततर विकास एवं प्रशारणले संसारको एउटा कुनामा रहेको कुनै पनि व्यक्तिले कुनै मुलुकको घटनाक्रम तत्काल सुन्न, हेर्न र पढ्न पाएको छ । प्रविधिको विकास, विस्तार र प्रयोगको व्यापकतासँगै पिछडिएका देशहरुमा आधुनिकता भित्रिएको छ । कुनै पनि गोलाद्र्धका बासिन्दा किन नहोस् उसले विपरित ध्रुव र गोलाद्र्धको संस्कृति, रहनसहन, भाषा, भेषभूषाजस्ता अनेक बिषयको जानकारी खोजेको वखत प्राप्त गर्न सक्ने अवस्था छ । सूचनातथा सञ्चारभित्र विद्युतीय माध्यमबाट तार रेडियो, प्रकाश वा अन्य विद्युतीय प्रणालीबाट आवाज, चिन्ह, लेखोट, आकृति, वा संकेत पठाउने वा प्रसारण गर्ने पद्धिति वा प्रणाली, कम्प्युटर, फ्याक्स, इमेल, इन्टरनेट आदिको संयुक्त रुप पर्दछ । आज विश्वमा भएको प्रगतिको सहयात्री तथा मार्गदर्शक नै सूचना प्रविधि हो ।
बीमा व्यवसायको आज विश्वमा जे–जति प्रगति भएको छ यो सबै देन सूचना र प्रविधिले गर्दा भएको हो । बीमा भविष्यमा उत्पन्न हुन सक्ने जोखिम, संकट तथा क्षतिविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने कानूनी करार हो । बीमा शब्दको उत्पत्ति ४५०० ईशापूर्व तिर वेविलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने केही विद्धानहरुको भनाई छ । यसको व्यवसायिक प्रयोग ई.सं. १२ औं शताब्दिदेखि १४ औं शताब्दितिर भएको पाईन्छ । नेपालमा वि.सं. २००४ असोज ८ गते ‘नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड’ स्थापनासँगै निर्जीवन बीमा शुरु भएको पाइन्छ । बीमा व्यवसायलाई व्यवस्थित, गर्नका लागि बीमा ऐन, २०२५ जारी गरियो । साथै बीमा व्यवसायको नियमित, व्यवस्थित, नियन्त्रित, विकसित गर्न तथा अनुगमन गर्नका लागि तत्कालिन सरकारले वि.सं. २०२५ सालमा अर्थ मन्त्रालयअन्तर्गत एउटा एकाईको रुपमा बीमा समितिको स्थापना गरेको थियो । उक्त समितिले मिति २०२६ जेष्ठ १ गते आफ्नो बैठकबाट कार्य प्रारम्भ ग¥यो । नेपालको इतिहासमा वि.सं. २०२९ साल फागुन ७ गते राष्ट्रिय बीमा संस्थानले जीवन बीमा शुरु गरेपश्चात बीमा क्षेत्रले नयाँ उचाईमा पुग्यो ।

सूचना प्रविधिले व्यवसायिक लचकता र जनताको गुनासो सम्वोधनको माध्यमको रुपमा काम गरिरहेको छ । बीमा व्यवसायसँग सम्बन्धित कर्मचारी, अभिकर्ता, दलाल, बीमित र बीमा सम्बन्धि अन्य सरोकारवालाहरुलाई समयसापेक्ष परिवर्तन गराउने साधनका रुपमा प्रयोग गरिरहेको छ । जसले गर्दा यस व्यवसायलाई समयानुकुल परिवर्तन गर्न सम्भव भएको छ । सूचना प्रविधिको माध्यमबाट बीमा व्यवसायको पृष्ठपोषण सरोकारवालाहरुबाट प्रत्यक्ष रुपमा प्राप्त हुन्छ । यसले भविश्यमा बीमासम्बन्धी सुधारात्मक योजना बनाउन र त्यसलाई संस्थागत गर्न मद्दत गरिरहेको छ ।

बीमाको व्यवसायको बजार प्रवद्र्धन गर्नको लागि सूचना प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बीमा व्यवसाय यूरोपेली मुलुकमा शुरुवात गरियो । शुरुवातसँगै बीमाको महत्व, औचित्य, विधि÷पद्धति र प्रकार आदि विषयमा अन्य मुलुकसम्म जानकारी प्रदान गर्ने तथा प्रक्रिया र पद्धति अवलम्बन गराउन टेवा पुप्याउने माध्यम नै सूचना प्रविधि हो । एक कार्यालयबाट अर्का कार्यालय, एक व्यक्तिबाट अर्काे व्यक्ति, एक राष्ट्रबाट अर्को राष्ट्रमा बीमासम्बन्धी जानकारी प्रदान गर्ने र व्यवसायको विकास र विस्तार गर्न सशक्त र प्रभावकारी विधि नै सूचना प्रविधि बन्यो । उदाहारणका लागि आज कुनै स्थानमा सवारी दुर्घटना भयो र सोको बीमादावी गरेको खण्डमा सो विषयको प्रमाण संकलन गर्ने र सत्य तथ्य जान्नका लागि यहि प्रविधिको प्रयोग हुन्छ । साथै बीमा व्यवसायको बजारीकरणका लागि सूचना प्रविधिका विभिन्न उपकरणहरु जस्तो nternet, Socical site, Newspaper, Television, Telephone ले महत्वपूर्ण कार्य गरिरहेका छन् ।
बीमा व्यवसाय सञ्चालनको सहजकर्ताको रुपमा पनि सूचना प्रविधिलाई लिन सकिन्छ । बीमा व्यवसाय सञ्चालनलाई सरल र सहज बनाउनका लागि प्रयोग हुने website प्रविधिको योगदान हो । website मार्फत बीमाङ्क, बीमाअवधि, बीमाशुल्क भुक्तानीको तरिका, बीमा अवधि समाप्तिपश्चात् बीमितले प्राप्त गर्ने बीमाङ्क रकमको बारेमा बुझन÷बुझाउनका लागि बीमा अभिकर्ता, सर्भेयर, दलाल र बीमक, बीमित, तथा अन्य सरोकारवालाहरुलाई सरल बनाएको छ भने कागजी प्रक्रिया कम गर्नसमेत मद्दत गरेको छ । त्यसले गर्दा बीमा व्यवसाय सञ्चालनलाई मितव्ययी र प्रभावकारी बनाएको छ भन्न सकिन्छ । सूचना प्रविधिले व्यवसायिक लचकता र जनताको गुनासो सम्वोधनको माध्यमको रुपमा काम गरिरहेको छ । बीमा व्यवसायसँग सम्बन्धित कर्मचारी, अभिकर्ता, दलाल, बीमित र बीमा सम्बन्धि अन्य सरोकारवालाहरुलाई समयसापेक्ष परिवर्तन गराउने साधनका रुपमा प्रयोग गरिरहेको छ । जसले गर्दा यस व्यवसायलाई समयानुकुल परिवर्तन गर्न सम्भव भएको छ । सूचना प्रविधिको माध्यमबाट बीमा व्यवसायको पृष्ठपोषण सरोकारवालाहरुबाट प्रत्यक्ष रुपमा प्राप्त हुन्छ । यसले भविश्यमा बीमासम्बन्धी सुधारात्मक योजना बनाउन र त्यसलाई संस्थागत गर्न मद्दत गरिरहेको छ ।
बीमा व्यवसायमा विस्तार भएका शाखाको Integrated रूपमा सञ्चालन र व्यवस्थापन गर्न सूचना प्रविधिले महत्वपूर्ण योगदान गरेको छ । बीमा व्यवसायमा भएका अन्तर्राष्ट्रिय प्रचलनहरू स्वदेशी बीमा बजारमा अंगिकार र संस्थागत गर्न पनि सूचना प्रविधिले मद्दत गरिरहेको छ । बीमा क्षेत्रमा हुनसक्ने जालसाजी र अनियमितता रोक्नका लागि सूचना आदन–प्रदान गर्न पनि सूचना प्रविधि जरूरी छ । बीमा व्यवसायले अल्पकालिन र दीर्घकालिन सूचना संकलन, बर्गीकरण, संरक्षण र प्रयोग गर्नुपर्ने हुनाले सूचना प्रविधिले बीमा व्यवसायका सूचनालाई भण्डारण गर्ने, प्रशोधन गर्ने र आवश्यक परेको समयमा सहजरुपमा उपलब्ध गराउने काम गरेको छ । साथै बीमा दाबी वा अदालती मुद्धा मामिलामा प्रमाण जुटाउन मद्दत गरेको छ । Moral Hazards, Insurance Fraud बाट बच्न पनि यसको भूमिका उच्च रहेको छ ।
बीमा क्षेत्रलाई व्यवस्थित गर्न हाल विश्व वजारमा Electronic Clearance System, Insurance Information System, Policy Management System, Insurance Agent Management System, Endorsement Management System, Reinsurance and Claim Management System जस्ता विभिन्न सूचना प्रविधिसँग सम्बन्धित व्यवस्थापकीय प्रणालीहरू प्रचलित छन् । यसको अलवा insurance journals हरूले पनि बीमासम्बन्धी विभिन्न सूचनाहरू प्रशारण गरिरहेका छन् । नेपालमा पनि Surveyor Inform–ation System,Claim Portal, Reinsurance Portal, Agriculture Insurance Portal जस्ता व्यवस्थापकीय प्रणालीहरू बीमा समितिले प्रचलनमा ल्याएको छ । बीमा क्षेत्रमा online पत्रिकाहरूले पनि सूचना सम्प्रेषण गरिरहेका छन् ।
“बीमकहरूको वेभसाइट निर्माणसम्बन्धी व्यवस्था २०६५ मा बीमा कम्पनीहरूले अनिवार्यरूपमा वेभसाइट निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त निर्देशिकामा वेभसाइटमा समेट्नुपर्ने कुराहरू जस्तै Site Map, List of Insurance Defaulters,, भाषा, feedback आदि कुराहरू तोकेको छ र यसलाई निरन्तर अधावधिक गर्नुपर्ने कुरालाई पनि बाध्यात्मक बनाएको छ । त्यस्तै “स्थिर सम्पत्ति खरिद निर्देशिका २०६९“ अनुसार बीमा समितिको स्वीकृतिमा बीमकले व्यवसाय सञ्चालनको लागि Software खरिद गर्न पाउने व्यवस्था छ । यस्तो व्यस्थाले बीमा व्यसायमा सूचना प्रविधिको प्रयोगलाई थप नियमित र मर्यादित बनाउन सहज वातावरण सृजना गरिरहेको छ । यसको अलावा Cyber Risk Management सम्बन्धी बीमालेख पनि जारी र प्रयोग नेपाली बजारमा भईसकेको छ । यसले सुचना प्रविधिको प्रयोगमा थप सुरक्षित महसुस गराएको छ । यस्ता व्यवस्थाले बीमा क्षेत्रको penetration बढाउन पनि मद्दत गरिरहेको छ ।
सञ्चार प्रविधिको उचित र प्रभावकारी उपयोग हुन नसकेमा यसले सकारात्मक भन्दा बढी नकारात्मक प्रभाव पर्दछ । बीमा कम्पनीको नाममा Scam Email, Fraud website, Fraud Link र बजारमा हुने multilayer communication लगायत विविध पक्षबाट बीमा क्षेत्रमा जालसाजी हुन सक्दछ । Electronic Data चोरी हुने तथा जसको कारणबाट थप आर्थिक दायित्व सृजना हुने जोखिम हाल बढ्दै गएको छ । यसको व्यवस्थापनको लागि सबै पक्षको संयमता जरूरी छ र यसबाट सर्जना हुने आर्थिक दायित्व व्यवस्थापनको लागि बीमा गर्नु पनि उत्तिकै जरूरी देखिन्छ । यस्ता चुनौती कम गर्न Payment Gateway/Website Developing Agency जस्ता पक्षहरूसँग बीमकले व्यवसायिक सम्बन्ध राख्दा विज्ञहरूको सल्लाहबमोजिम राख्नु पर्दछ । बीमकले Hardware खरिद गर्दा पनि Security Test गरेर मात्र खरिद गर्नको लागि नियमनकारी निकायले पनि उत्प्रेणात्मक भूमिका खेल्नु जरूरी देखिन्छ ।
सूचना प्रविधि छनौट गर्दा संस्थाको प्रकृति र अवस्था हेरी मात्र छनौट गर्दा त्यसको प्रभावकारी उपयोग हुन सक्दछ । बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोगको सम्वन्धमा प्राप्त जानकारी वा सुझावहरुलाई आन्तरिकीकरण गरी यसको उचित प्रयोगमा जोड दिनुपर्दछ । सूचनाको प्रयोग गर्दा सरल, स्पष्ट, संक्षिप्त भाषा प्रयोग गर्नु तथा सिस्टमलाइ User friendly बनाउनाले प्रयोगकर्ताहरु पनि बढ्दछन् र बीमा क्षेत्रमा पनि धेरै पक्षहरुको सहभागिता पनि हुन्छ । सूचना प्रविधिको प्रयोग गर्नका लागि बीमासँग सम्बन्धित व्यक्तिहरुलाई उचित तालिम प्रदान गरेमा डाटा हृयाक हुने तथा चोरी हने समस्या हटाउन सकिन्छ । सूचना प्रविधि विकास र परिवर्तनको सम्बाहक हो, यसको उचित र प्रभावकारी उपयोग गरेको खण्डमा समय, लागत, परिश्रमको बचत भई बीमासम्बन्धी सबै सरोकारवाहरुलाई फाइदा गर्दछ । त्यसैले बीमा व्यवसायमा सूचना प्रविधिको अधिकतम प्रयोग गरि सूचना प्रविधिमा भएका कमी कमजोरीहरुलाई संवोधन गरी यसको बीमा क्षेत्रमा भरपुर उपयोग गर्नु आजको आवश्यकता हो । यसले सरकारले लिएको E-governance को लक्ष्य हासिल गर्न पनि मद्दत गर्दछ, बीमा क्षेत्रको विस्तारमा समेत मद्दत गर्दछ ।
सन्दर्भ सामग्रीहरु : जीवनबीमा सिद्धान्त र व्यवहार मुरारी राज हुमागाई, के.पी. पुस्तक भण्डार, काठमाडौं । समाचार र विचार, बीमा समिति विभिन्न अंकहरु, प्रतिबेदनहरु । बृहत ज्ञानकोष, ज्ञानेश्वर भट्टराई, आशिष बुक्स हाउस, बागबजार काठमाडौं । प्रशासन व्यवस्थापन र विकास कृष्ण बहादुर राउत, आशिष बुक्स, बागबजार । चौथो स्मारिका, २०७४, नेपाल दूरसञ्चार प्राधिकरण । बीमकहरुको वेभसाईट निर्माणसम्बन्धी व्यवस्था, २०६५ । स्थिर सम्पत्ति खरिद निर्देशिका, २०६९ । (लेखक बीमा समितिमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय