२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चितवन क्षेत्रले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा १५० जना भन्दा धेरै अभिकर्ताको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्दै सिइओ खड्काले अझै पनि कतिपय बीमितलाई आफुले कतिको बीमा गर्न सक्छु भन्ने कुरा थाहा नभइरहेको भन्दै अभिकर्ताहरुलाई यसको पुर्ण जानकारी दिन अनुरोध गरेका छन् ।

कार्यक्रमको सञ्चालन भरतपुर शाखाका शाखा प्रवन्धक प्रकाश लामिछानेले गरेका थिए । पुनर्ताजगी कार्यक्रमको सभापतित्व नारायणघाट शाखाका प्रमुख सकुन्तला न्यौपानेले गरेकी थिइन् भने स्वागत मन्तव्य गितानगर शाखाका प्रमुख हेमराज रिमालले व्यक्त गरेका थिए ।

पुनर्ताजगी कार्यक्रममा एजेन्सी म्यानेजरहरु एम बहादुर राई, प्रकाश पाण्डे र शिवराम पौडेल बीमा सम्बन्धी आफ्ना अनुभव व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय