२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । अजोड इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाले विभिन्न प्रस्ताव पारित गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म बिमा व्यवसाय अभिवृद्धिका लागि देशभर शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत सात प्रादेशिक कार्यालय, २७ शाखा, २४ उपशाखा, १० बिमा एक्सटेन्सन काउन्टर र तीन तेस्रो पक्ष बिमा काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

थप दुई शाखा काठमाडौंको ठमेल, टोखा र एक उपशाखा बागलुङमा खोल्न बिमा समितिले स्वीकृति प्रदान गरेको छ । कम्पनीले आव २०७७/०७८ मा कुल बिमा शुल्क एक खर्ब ३१ अर्ब आर्जन गरेको छ भने कम्पनीको खुद नाफा १० अर्ब २० करोड रुपैयाँ र बिमा कोषमा ११ अर्ब २१ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनी अघिल्लो वर्षको तुलनामा कुल बिमाशुल्क संकलनमा ४८.९८ प्रतिशत र खुद नाफामा ६० प्रतिशत, ३३ प्रतिशत एवं बिमा कोषमा ७९.८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय