२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न विशेषताहरु रहेको ‘नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना’ ल्याएको छ ।

कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको छ ।

नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ ।

आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम (एक लाखरुपैयाँ देखि अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिने छ ।

यस योजनामा बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १% छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ ।

त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु. २५,००,००० सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५,००,००० भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय