२०८१ पुष २९ सोमबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न २८औं वार्षिक साधारणसभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

१ अर्ब ७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस सेयरपछि १ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने ३४ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

इन्स्योरेन्सको सभा कम्पनीको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत भएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर