
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण गरेको छ ।
बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. १२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरेको कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी दिए ।
२०७८ सालको दिपावलीमा युनियन देउसी भैलो कार्यक्रमबाट उठेको रकमले अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितका लागि सहयोग संकलन गर्ने उदेश्य राख्दै खेलिएको भैलीको उदेश्य पुरा गर्न पाउँदा निकै खुसी लागेको यूनियन लाईफ इन्स्योरेन्सका सदस्य तथा पदाधिकारीहरुको प्रतिक्रिया रहेको छ ।
न्यानो कपडा वितरण कार्यक्रम विशेष गरी नेपालगंज उपमहानगरपालिक–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा भएको थियो । कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अध्यक्ष सुवेदीले युनियन लाइफ इन्स्योरेन्स परिवारले नेपालगंज उपमहानगरपालिका वडा नं।१२ का अति विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।
राहत वितरण कार्यक्रममा विगत लामो समय देखि व्लड क्यान्सरबाट पिडित नेपालगंज उपमहानगरपालिका–१२ का ४ वर्षिय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद रु २५ हजार प्रदान गरीएको थियो ।
कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोज कुमार कुवंर, प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगंज शाखा प्रमुख उत्तम ढकाल, पुर्व विमारत्न निरज कुमार भट्ट र सिओटि झविन्द्र मरासिनी, बरिष्ठ एजेन्सि म्यानेजर टिकामणि उपाध्याय, बरिष्ठ एजेन्सि म्यानेजरहरु अर्जुन शाही, शारदा सुवेदी, कृष्ण प्रसाद सुवेदी, यज्ञराज जोशी, टिना केसीलगायतको उपस्थिति थियो ।