काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा ‘नं. १’ भएको दाबी गरेको छ। कम्पनीले ‘नेपालकै नम्बर १’ अभियान सार्वजनिक गरी प्रमाणहरु प्रस्तुत गरेको छ।
कम्पनीले प्रस्तुत गरेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष छ। साथै २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब रुपैयाँको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्ब रुपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको जनाएको छ।
अधिकांश सुचकांकले जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।