२०८१ मंसिर २२ शनिबार

काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औँ वार्षिकोत्सव मनाउँदैछ । २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाको सुरुवात, प्रतिभा विकासमा टेवा तथा देशभर छरिएका धेरै मानिसलाई लघुबिमामार्फत् वित्तीय सुरक्षा प्रदान गर्दै आएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भन्नुभयो, ‘संसार परिवर्तनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ ।’

विगत २० वर्षमा मेटलाइफ नेपालले दुई अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरमार्फत् ४० हजारभन्दा बढी रोजगारी सिर्जना, दुई हजार करोडको जीवन बिमा कोष तथा दुई अर्ब ७४ करोडको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरेको तथा हाल १४ लाखभन्दा बढी ग्राहकलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

मेटलाइफ देशमा बिमा विशेषज्ञताको विकास गर्न सन् २००२ मा कर्मचारी र एजेन्टलाई अन्तर्राष्ट्रियस्तरको जीवन बिमा प्रशिक्षण प्रदान गर्ने पहिलो बिमा कम्पनी बनेको छ । सन् २००३ मा पहिलोपटक शिक्षा सुरक्षा योजना सुरुवात गरी बच्चा र अभिभावक दुवैका लागि बिमा सुरक्षा प्रदान गरेको छ भने सन् २००९ मा लघुबिमा लागू गर्ने पहिलो बिमा कम्पनी बनेको छ ।

सन् २०१५ को भूकम्पको समयमा दाबी भुक्तानी गर्ने पहिलो र सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने पहिलो बिमा कम्पनी बनेको कम्पनीको दाबी छ । त्यस्तै स्तन र पाठेघर क्यान्सरलगायत महिलालाई असर गर्ने प्रमुख गम्भीर रोगमा सुरक्षा प्रत्याभूत गर्ने महिलाका लागि विशेष सुरक्षा योजना ‘लाइफ केयर’ सुरुवात गर्ने पनि पहिलो कम्पनी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय