काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय काठमाडौंमा भिडियो कम्फरेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६ सयको ५.५ प्रतिशतले हुने आउने रकम १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।
सोमा लाग्ने करबापत ०.२८ प्रतिशत ५७ लाख १९ हजार २ सय ३१ र ५७ पैसा नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण गर्दा हुन आउने दशमलवपछिको अंक सेयर र पहिला यथावत् कायम रहेको दशमलवपछिको अंक सेयरसमेत थप गर्दा १ कित्ता सेयर दिन सकिने भएमा सो दिई बाँकी रहन आउने दशमलवपछिको अंक सेयरलाई यथावत् राख्ने प्रस्तावसमेत पारित गरेको छ ।