काठमाडौं । राष्ट्रिय बिमा संस्थानका बीमितले आफ्नो जीवन बीमाको प्रिमियम रकम डिजिटल सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन । कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत प्रिमियम भुक्तानी गर्न सकिने भएको छ ।
कम्पनीले बुधबार उक्त अनलाईन भुक्तानी सेवाको थालनी गरेको हो । यो सँगै अब बिमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाईनबाटै आफ्नो बैंक,वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
उक्त भुक्तानीको लागि ग्राहकले कनेक्ट आइपिएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘फाइनान्सियल इन्टिट्युसन’ भित्र ‘इन्स्योरेन्स पेमेन्ट’ मा राष्ट्रिय बीमा संस्थान छनोट गर्नुपर्ने हुन्छ ।
त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी बीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमकको जन्ममिति दाखिला गरी आफ्नो कारोबार पासवर्ड तथा ओटीपी प्रयोग गरी बैंक वित्तिय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।