२०८१ माघ २ बुधबार

काठमाडौ । यूनाइटेड इन्स्योरेन्स कंम्पनी नेपालको २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची पारित गरिएको छ । कम्पनीको आ. व ०७७/७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा जानकारी दिइएको थियो ।

कम्पनी संचालक समितिका अध्यक्षले स्थापनाको २८ आै वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७/७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमा शुल्क आर्जनमा ५१ दशलमव २५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमामा प्रवेश गर्न सफल भएको बताए । नाफा आर्जनमा ३ सय प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सभामा कुल बीमाशुल्क आम्दानी ६९ करोड ८९ लाख ३ हजार ९ सय ८३ रुपैया आर्जन भएको र कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयमा २ सय ४० प्रतिशतले वृद्धि गरेको छ भने आर्थिक वर्ष ०७७÷७८ का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय