२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं । नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै गएको देखिएको छ । २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत रु. ८० अर्ब ९ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख कारोबार हुँदा रु. ६ खर्ब १८ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ ।

मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ । यता, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ । तथ्यांकअनुसार ५ करोड ४६ लाख कारोबारमार्फत रु. १ खर्ब ५३ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर