२०८३ बैशाख १६ बुधबार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएकाे छ। राष्ट्रिय तथ्यांक कार्यालयले कार्यालयले मुलुकको अर्थतन्त्रको प्रारम्भिक चित्र प्रस्तुत गरेको हो। यो वृद्धिदर गत आर्थिक वर्षको तुलनामा केही न्यून हो।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो। आर्थिक वृद्धिदरमा केही सुस्तता देखिए पनि मुलुकको अर्थतन्त्रको कुल आकारमा भने वृद्धि भएको छ।

यस आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन गत वर्ष ६१ खर्ब ७ अर्ब रुपैयाँ मात्र थियो। कार्यालयले चालू आर्थिक वर्षका ६ देखि ८ महिनासम्मका वास्तविक तथ्यांक र बाँकी अवधिको सम्भावित गतिविधिलाई आधार मानेर यो अनुमान सार्वजनिक गरेको हो। क्षेत्रगत रूपमा हेर्दा यस वर्ष ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रलाई केही आड दिएको देखिन्छ।

जलविद्युत आयोजनाहरूबाट विद्युत उत्पादनमा भएको वृद्धि र पर्यटकको बढ्दो आगमनले होटल तथा यातायात क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। तर, कृषि क्षेत्रमा देखिएको मौसमी प्रतिकूलता र औद्योगिक क्षेत्रमा निजी क्षेत्रको न्यून लगानीका कारण समग्र वृद्धिदर सरकारले राखेको लक्ष्यभन्दा तल झरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर