२०८३ बैशाख २६ शनिबार

सुरज खनालको कथा तथा निर्देशनमा तयार भएको नयाँ नेपाली लोक गीत “लौका घिरौंला” सार्वजनिक भएको छ। लोकदोहोरी क्षेत्रमा नयाँ स्वाद लिएर आएको यस गीतमा बिरु घर्ती मगर र सुनीता बुढा क्षेत्रीको मिठो स्वर सुन्न पाइन्छ भने गीतका शब्द तथा संगीत खुमराज घिमिरेले तयार गर्नुभएको हो।

भिडियोलाई युवा निर्देशक सुरज खनालको कथा तथा निर्देशन रहेको छ भने भिडियोमा मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको आकर्षक अभिनय देख्न पाइन्छ। गाउँघरको मौलिक परिवेश, रमाइलो प्रस्तुति तथा मनोरञ्जनात्मक कथावस्तुले भरिएको भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतको कोरियोग्राफी नवीन पौडेलल ,सम्पादन विनोद बम र छायांकन शिव बि.के.ले गर्नुभएको छ भने पोस्ट प्रोडक्सन सन्सा फील्मस् ले गरेको छ॥ “लौका घिरौंला” अहिले खुमराज घिमिरेको अफिसियल YouTube च्यानलमार्फत सार्वजनिक भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर