२०८२ असार २९ आईतवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको
साधारणसभा सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरबको नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियमनकारी निकायले कुनै फेरबदल गर्न सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय