२०८२ बैशाख ११ बिहीबार

काठमाडौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धूरा स्थित आफनो शाखा कार्यालयबाट करिब सवा करोड रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । आइतबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्वर्गीय पदम राज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो । पन्तले सन २०२१ फेब्रुअरी २२ मा ७० लाख रुपैयाको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन बीमालेख खरीद गरेका थिए । उनको सन २०२१ मार्च ६ मा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो ।

कम्पनीले पन्तको बीमा दावी वापत एक करोड २४ लाख ४८ हजार रुपैयाँ इच्छाइएको व्यक्ति स्वर्गिय पन्तकी श्रीमती बिमला देवी पन्तलाई भुक्तानी गरेको हो । उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेल्धुरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर