काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व. सूकूना गूरुङको मृत्यू दावी भूक्तानी गरेको छ । स्व.सूकूना गूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत जीवन वीमालेख खरीद गरेकी थिइन् ।
सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत ५६ लाख ३० हजार रुपैयाँ स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङलाई भूक्तानी गरेको हो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरे ।