२०८१ माघ २४ बिहीबार

काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकाे ३० औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बिहिबार सम्पन्न सभाले सेयरधनीहरूलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेकाे छ ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा संचालक, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो । यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पारित गरी कम्पनीको तीसौं वार्षिक सभा सम्पन्न गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय