
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाडौमा सम्पन्न भएको हो ।
सभाले नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको १० शेयर बराबर ६.६ शेयर (६६ प्रतिशत) को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई कूल बीमाशुल्क २ अर्व ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा २ अर्ब १५ करोड रुपैयाँको कूल दावी भुक्तानी गरेको छ ।
जुन गत वर्ष २०७८/०७९ मा १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।Global Ime adCitizen Life Island Landing Page कम्पनीको कूल दावी भुक्तानी गतवर्ष भन्दा रकममा २१ करोड तथा प्रतिशतमा १०.८३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।