२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको बिहीबार सम्पन्न १५औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति गठन गरेको हो ।

संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक निर्वाचित भएका छन् ।

संस्थापक सेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, नन्दकिशोर शर्मा र विवेक झा र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय