२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।

त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

साथै तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन गरेको छ ।

यसका साथै सो सभाले एक आपसमा गाभ्नेरगाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजि संरचना परिर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय