२०७९ चैत्र १२ आईतवार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई बीमाशुल्क बुझाउन नयाँ व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था ईसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरि आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले यस सेवाको उद्धघाटन गरेका हुन् । उनीहरुको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय