काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई भब्य कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडिआरटी अभिकर्ताहरु, रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्टद्वारा २० एमडिआरटीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले,एमडिआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेकोे अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाउन सफल भएको र संगै कम्पनीको गरिमा पनि बढाएकोमा सहर्ष धन्यबाद व्यक्त गरेका थिए ।
साथै, टिओटी बोड तथा एमडिआरटी नमिता न्यौपानेले, भब्य सम्मान कार्यक्रमको लागि कृतज्ञता ब्यक्त गरिन् । कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास ब्यक्त गरिन् ।















