२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संस्थापक शेयर र सर्वसाधारण समुहको शेयरको अनूपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर