
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका मृतक बीमित कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।
सिटिजन शुभारम्भ बीमा योजना अन्तर्गत ५ महिनाअघि (गत असार ३१ गते) बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो ।
५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम ५० लाख र किरिया खर्च बापतको ५० हजार गरि एकमुष्ठ १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले बताइन् ।
उनका अनुसार, २० बर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक बर्ष २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गरेका उनले पहिलो किस्ताको रकम मात्रै भुक्तानी गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकम बापतको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेको बारे जोड दिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणाको विकास भएको बताउँदै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।