२०८२ असार ३० सोमबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्तरुपमा एक कार्यक्रमकाबिच बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा रु. २० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

२०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उहाँको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो ।

प्रभु लाइफका प्रदेश १ प्रमुख भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । भट्टराईले जीवन बीमाले बीमित परिवारलाई अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए ।

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय