२०८२ असार ३० सोमबार

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको उद्घाटन गरेको छ। सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरू गरेको हो।

गत असार १२ गते प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतीका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो। मर्जर पछि बनेको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड पुगेको छ।

यो सँगै चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ। एकीकृत कारोबार पछि कम्पनीको जीवन बीमाकोष २२ अर्ब रुपैयाँ, लगानी २८ अर्ब रुपैयाँ र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ।

एक उज्जवल सुरूवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत, अझ सवल र अझ विशाल हुने कम्पनीले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे।

उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए। जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरूलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए। साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताए।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचे अनुसार जटिल नभएको बताए। मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रूपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे। मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र पाँच वर्षको छोटो समयमै आफूलाई अव्वल साबित गरेको ज्योति लाइफबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ। कम्पनीले एकीकृत कारोबार सुरू भएको दुई दिनमै एक हजारभन्दा धेरै पोलिसी जारी गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय