२०८२ कार्तिक ७ शुक्रबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बाग्मति प्रदेशका उत्कृष्ट अभिकर्ता लिडर्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत चरिकोट, मन्थली, सिन्धुली बनेपा पाँचखाल, मेलम्ची चौतारा र भक्तपुर शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुसँग भेटघाट तथा रिफ्रेस्मेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम भक्तपुरको पर्यटनकिय स्थल नगरकोटमा सप्पन्न भएको हो । कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा बनेपा बागमती रिजनका रिजनल म्यानेजर राजकुमार गिरिको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मोटिभेटर ईश्वर श्रेष्ठ, शाखाका प्रमुखहरु लगायत १०५ जना उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रोग्राम मोटिभेटर ईश्वर श्रेष्ठले बीमा तथा उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी, रिजनल म्यानेजर राजकुमार गिरिले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी, सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, सफल अभिकर्ता सेल्फ कोडमा उत्कृष्ट ब्यबसाय गर्नेहरुलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर