२०८२ श्रावण १ बिहीबार

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई बीमा विक्रयकला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले,कम्पनीमा कार्यरत अभिकर्ताहरूलाई सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा महेन्द्रनगर शाखासँग आबद्ध भई जीवनबीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरूको उपस्थिति रहेको थियो भने सो शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा, माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताए ।

कार्यक्रम महेन्द्रनगर शाखाका प्रमुख नविनकिशोर भट्टले सञ्चालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सहभागी अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर