२०८२ श्रावण १ बिहीबार

काठमाडौं । आजदेखि लागु हुने बीमा प्राधिकरणको लोगो सार्वजनिक भएको छ । नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा लोगोका संकेतलाई यथावत राखिएको छ ।

नयाँ बीमा ऐन २०७९ मा बीमा समितिको नाम बीमा नेपाल बीमा प्राधिकरण हुने व्यवस्था सँगै नाम परिवर्तन भएको हो । नयाँ बीमा ऐन आज कार्तिक २२ गतेदेखि लागु हुँदैछ ।

नयाँ ऐन लागु भए सँगै बीमा क्षेत्रमा धेरै कुराहरु परिवर्तन हुनेछ । नाम सँगै नियमनका धेरै कुराहरु ऐनमै समेटिदैछ । समितिले हिजो सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरुलाई बोलाएर ऐनको विषयमा जानकारी दिदै कार्यान्वयनतर्फ ध्यान दिन निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर