२०८२ असार २९ आईतवार

काठमाडौं । अन्नपूर्ण केबलकार र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच छुट सम्झौता भएको छ । उक्त सम्झौतापछि एनएलजीका एजेन्ट र ग्राहकले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतामा एनएलजीका सिइओ सुनिलबहादुर पन्त र अन्नपूर्ण केबलकारका जनरल म्यानेजर दिनेस पौड्यालले हस्ताक्षण गरेका हुन् । पछिल्लो समय अन्नपूर्ण केबलकारले विभिन्न व्यवसायी, वित्तिय संस्थासँग छुट सम्झौता गर्दै आइरहेको छ ।

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय