काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा अगस्ट २८ देखि ३१ सम्म एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) ग्लोबल कन्फरेन्स सञ्चालन हुने भएको छ ।
उक्त कन्फरेन्स एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताहरु संयुक्त भेला हो । जसअन्तर्गत लगातार ४ पटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरर्टी बनेका बिमल ढकाल उक्त कन्फरेन्समा सहभागी हुने भएका छन् ।
यो कन्फरेन्समा विश्वभरबाट ७० देशका ५ सयभन्दाबढी कम्पनीको प्रतिनिधिहरु सहभागी हुने छन् । नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरुबाट एमडीआरटी बनेका अभिकर्ताहरुले बर्षेनि यो सम्मेलनमा सहभागी हुने गरेका छन् ।
जसमध्ये यो वर्ष युनियन लाइफबाट लगातार ४ पटक एमडीआरटी बनेका बिमल ढकाल उक्त सम्मेलनमा सहभागी हुन छनौट भएका हुन् ।















