२०८२ असार ३० सोमबार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सुर्खेत हस्पिटल सुर्खेतबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका मार्केटिङ प्रमुख सहायक महा प्रवन्धक मुनिन्द्र ठाकुर र सुर्खेत हस्पिटल प्रा.लि. को तर्फबाट प्रशासन प्रमुख उत्तम कुमार शाहिले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म सुर्खेत हस्पिटल प्रा. लि. बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्ने जनरल ईन्स्योरेन्स, सुर्खेतका शाखा प्रमुख राम बहादुर बटालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय