२०८१ मंसिर २३ आईतवार

यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले बिक्री बितरण सुरु गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा १५–२१ वैशाखसम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी सो मोटरसाइकल सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ । ‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।
यामाहाका अन्य मोटरसाइकल भन्दा फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् ।
डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् । सो एफ जेड एक्स १५० को मूल्य ४,२६,९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय