२०८२ माघ १ बिहीबार

काठमाडौं । नर्वे विश्वमै इलेक्ट्रिक सवारी साधन अपनाउने अग्रणी राष्ट्रका रूपमा स्थापित भएको छ । आधिकारिक तथ्याङ्क अनुसार सन् २०२५ मा नर्वेमा दर्ता भएका सबै नयाँ कारहरू पूर्ण रूपमा इलेक्ट्रिक छन् । रिपोर्टका अनुसार सन् २०२५ मा दर्ता भएका ९५.९ प्रतिशत नयाँ कारहरू पूर्ण इलेक्ट्रिक थिए। डिसेम्बर महिनामा मात्र यो हिस्सा झन्डै ९८ प्रतिशत पुगेको थियो। यो दर सन् २०२४ को ८८।९ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

सन् २०२५ मा टेस्लाले नर्वेको कार बजारमा आफ्नो वर्चस्व कायम राख्यो। कम्पनी लगातार पाँचौं वर्ष सबैभन्दा धेरै बिक्री हुने कार ब्रान्ड बन्न सफल भयो। टेस्लाको बजार हिस्सा १९.१ प्रतिशत रह्यो, जबकि फक्सवागन १३.३ प्रतिशत र भल्भो ७.८ प्रतिशतमा सीमित रहे।

नर्वेमा चिनियाँ निर्मित कारहरूको माग पनि तीव्र रूपमा बढेको छ। सन् २०२५ मा चिनियाँ कारहरूको बजार हिस्सा १३.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १०.४ प्रतिशतभन्दा उल्लेखनीय वृद्धि हो।

‘ईभी रिभोलुसन’मा नेपाल पनि निकै अघि रहेकाे छ । नेपालमा पेट्रोलियम गाडीको तुलनामा इलेक्ट्रिक गाडीको बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आयात हुने चार पाङ्ग्रे प्यासेन्जर गाडीमध्ये करिब ७० देखि ७५ प्रतिशत हिस्सा इलेक्ट्रिक सवारी साधनले ओगटेका छन् । नेपाल नयाँ कार बिक्रीमा ईभीको हिस्साका आधारमा विश्वमै नर्वेपछि दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

२०२५ मा नेपालमा बीवाईडी (डल्फिन र एट्टो ३), एमजी (एस५ र विन्डसर) र टाटा (पन्च ईभी र टिगोर ईभी) जस्ता मोडलहरूले बजारमा प्रभुत्व जमाएका छन् । सस्तो मूल्यका ह्याचब्याकदेखि प्रिमियम एसयूभीसम्म ईभीमै उपलब्ध हुनुले पेट्रोलियम गाडीको माग घटाएको छ । समग्रमा २०२५ अटोमोबाइल क्षेत्रका लागि ‘ग्रिन मोबिलिटी’ तर्फको प्रस्थान विन्दु बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर